काठमाडौं, जेष्ठ ५ । सेयर बजार जेठ २० गतेसम्म बन्द हुने भएको छ। सरकारले लक डाउन अवधि थपेपछि सोही समयसम्म बजार पनि बन्द गरिने निर्णय भएको नेप्सेले जनाएको छ। यसअघि जेठ ५ गतेसम्म बजार बन्द भनिएको थियो। लक डाउनलाई निरन्तरता दिइएकाले बजार पनि बन्द गर्ने नेप्से सञ्चालक समितिले निर्णय गरेको हो। यसअघि लक डाउनकै बीचमा पनि २ दिन बजार खुला गरिएको थियो। तर ती दिनहरुमा सेयर कारोबार प्रभावकारी हुन सकेन।
आम लगानीकर्ताको सहभागिता पनि भएन। त्यसले केबल सूचक घटाउने काम मात्र गरेको भन्दै आम लगानीकर्ताले व्यापक विरोध जनाएपछि पुनः लक डाउन अवधि अर्थात जेठ ५ गतेसम्मलाई बजार बन्द गरिएको थियो। तर सरकारले फेरि लक डाउन बढाएपछि नेप्सेले पनि सोही म्यादसम्म कारोबार बन्द राख्ने निर्णय गरेको हो।
Facebook Comments


























