झापा, जेष्ठ ५ । झापाको गौरादह ४ स्थितमा गाईको बाच्छो काटेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा गौरादह ४ का २८ वर्षीय रमेश दर्जी,५० वर्षीय रमेश सतार र सोहि स्थानका ६० बर्षीय मद्रासी सतार रहेका छन्।
आइतबार राति १० बजे रमेश दर्जीको घरमा यी तीनै जना मिलेर बाच्छो काटेर मासु खाएको र बाच्छोको टाँउको तथा दुईवटा खुट्टा खेतमा पुरेको अवस्थामा फेला पारेको भनि सोमबार बिहान सवा ८ बजे स्थानीयले प्रहरी चौकी माहारानीझोडामा खबर गरेका थिए।
घटनाको जानकारी पाउनसाथ ईलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली गई अनुसन्धान गर्ने क्रममा गाईको बाच्छो काटेको खुल्न आएको हो। पक्राउ परेका तीनैजना उपर ईलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भईरहेको छ।
Facebook Comments


























