चितवन, जेष्ठ ४ । भरतपुर महानगरपालिका–१६, गणेश मन्दिर नजिक नारायणी नदीमा डुबेर दुई जना बेपत्ता भएका छन्।
आज अपरान्ह ५ बजेको समयमा नारायणी नदीमा पौडी खेल्ने क्रममा सोही स्थानका २५ वर्षीय प्रविण दवाडी र अर्का २५ वर्षीय विवके भट्टराई बेपत्ता भएको प्रहरीले जनाएको छ। पाँच जना पौडी खोल्ने क्रममा २ जना बेपत्ता भएका हुन् भने ३ जना सकुशल रहेको बताइएको छ। आज रात परेकाले भोलि बिहानैदेखि ती दुवै युवाको खोजी कार्य गरिने प्रहरीले जनाएको छ।
Facebook Comments


























