काठमाडौं, जेष्ठ ४ । प्रदेश १ को धनकुटा र मोरङका २ गरी ३ जनामा आइतबार कोरोना पुष्टि भएको छ।
योसँगै प्रदेश १ मा संक्रमितको संख्या ३९ पुगेको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईका प्रेस संयोजक ध्रुव सुवेदीले जनाएका छन्।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्याबमा गरिएको परीक्षणमा धनकुटाकी ३४ वर्षीय महिला, विराटनगरका ३६ वर्षीय पुरुष र २९ वर्षीय महिलामा कोरोना संक्रमण देखिएको हो। प्रदेश १ मा ३९ संक्रमितमध्ये १७ निको भएका छन्।
योसँगै देशभर संक्रमितको संख्या २९५ पुगेको छ। यीमध्ये ३६ जना निको भएका छन् भने दुई जनाको मृत्यु भएको छ।

Facebook Comments


























