दार्चुला, जेष्ठ ४ । महाकाली नगरपालिका ७ थालिगाडकी एक महिला महाकाली नदीमा हाम फालेर बेपत्ता भएकी छन्। ३३ वर्षीय कुस्मा थापाले आइतबार मध्यान्ह करिब १२स्३० बजेतिर थालीगाड भन्ने स्थानबाट महाकाली नदीमा हाम फालेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
थापाले नदीमा हाम फालेबारे एकिन हुन नसकेको प्रहरी जनाएको छ। स्थानीयका अनुसार थापाका श्रीमानले दोस्रो विवाह गरेपछि उनी तनावमा थिइन। थापाको खोजीकार्य गर्न प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल, सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेडक्वाटर दार्चुलाका गुल्मपति डम्बरबहादुर बिष्ट, जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायव उपरीक्षक पदमबहादुर बिष्ट लगायतको टोली घटनास्थल पुगेको छ।
Facebook Comments


























