मुम्बई, जेष्ठ ४ । महाराष्ट्रमा ३१ मेसम्म लकडाउन बढाइएको छ। महाराष्ट्र सरकारले राज्यमा कोरोना संक्रमणको गम्भीर अवस्था देखिएको भन्दै ३१ मेसम्म लकडाउन बढाउने घोषणा गरेको हो।
केन्द्र सरकारले घोषणा गरेको लकडाउनको अवधि आइतबार सकिँदै छ। प्रधानमन्त्री नरेन्द्र मोदीले लकडान जारी रहने बताए पनि कहिलेसम्म जारी रहन्छ भन्ने बताएका छैनन्।
भारतमा सबैभन्दा बढी प्रभावित राज्य महाराष्ट्र बनेको छ।
हालसम्म महाराष्ट्रमा ३० हजार ७०६ जना संक्रमित रहेका छन् भने एक हजार १३५ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
भारतमा भने कोरोना संक्रमितको संख्या ९० हजार ९२७ रहेको छ भने मृत्यु हुनेको संख्या दुई हजार ८७२ पुगेको छ।
हालसम्म भारतमा ३४ हजार १०९ जना संक्रमितको उपचारपछि निको भएको छ। बीबीसी
Facebook Comments


























