वीरगञ्ज, बैशाख ३१ । वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसन कक्षबाट दुई जना कोरोना संक्रमित भागेका छन्। अस्पताल स्रोतका अनुसार उनीहरुको खोजीकार्य भइरहेको छ।
पर्साका प्रहरी प्रमुख गंगा पन्तले पनि दुई जना संक्रमित अस्पतालबाट भागेको खबर आएको बताएकी छन्।
वीरगन्जको नारायणी अस्पतालमा अहिले ६९ जना कोरोना संक्रमित उपचाररत छन्।
Facebook Comments


























