गोरखा, बैशाख ३१ । जिल्ला प्रशासन कार्यालय गोरखाले जेठ ५ सम्म जिल्ला सिल गर्ने भएकोछ। कोरोना संक्रमणको संख्या वृद्धि भएसँगै सिल गरिएको प्रशासनले जनाएको छ।
बुधबार राति १२ बजे देखि लागू हुनेगरी सिल गर्न लागिएको हो। खाद्यान्न ढुवानीका गाडी समेत बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी हर्क बहादुर रोकाले जानकारी दिए। जिल्ला भित्रिने र बाहिरिने सबैलाई आवतजावतमा पूर्ण रुपमा रोकिने उनले बताए।
Facebook Comments


























