बैशाख २९ । ओमानको खाडीमा सैन्य अभ्यासका दौरान इरानको एक मिसाइल आफ्नै नौसेनाको जहाजमा खस्दा १९ जनाको मृत्यु भएको छ। १५ जना घाइते भएका छन्।
सैन्य अभ्यासमा इरानी नौसेनाका दुई जहाज सहभागी थिए। इरानको सरकारी मिडियालाई उद्धृत गर्दै बीबीसीले नयाँ एन्टी सिप मिसाइल परीक्षणका दौरान आइतबार उक्त दुर्घटना भएको जनाएको छ।
ओमानको खाडीमा जारी परीक्षणका दौरान मिसाइल सैन्य उपकरण लैजाने कोणार्क नामक जहाजको लाइट सपोर्टमा ठोक्किएको बताइएको छ। एजेन्सी
Facebook Comments


























