बैशाख २९ । स्पेनिस ला लिगा फुटबलको शीर्ष दुई डिभिजनको लिगमा पाँच खेलाडीमा कोरोना भाईरसको संक्रमण देखिएको छ।
ला लिगाले आइतबार पछिल्लो परिक्षणमा पाँच खेलाडीमा संक्रमण देखिएको जनाएको छ।
ला लिगाले खेलाडीको नाम भने सार्वजनिक गरेको छैन। यस्तै ला लिगाले उनीहरु आइसोलेसनमा रहेको जनाएको छ।
पछिल्लो समय ला लिगाका खेलाडीको परिक्षणलाई तीब्रता दिएको छ। क्लबले प्रशिक्षण सुचारु गर्नु अघि खेलाडीको परिक्षण गरिरहेको छ।
कोरोनाको महामारीको कारण स्थगित लिग आगामी जुनबाट सुचारु गर्ने तयारी गरिएको छ। खेल बन्द रंगाशालामा खेलाईने छ।
स्पेनमा कोरोनाको कारण २६ हजार बढीको मृत्यु भईसकेको छ। यस्तै २ लाख बढीमा संक्रमण देखिएको छ। एजेन्सी
Facebook Comments


























