बैशाख २८ । दोस्रो डिभिजनको जर्मन क्लब डायनामो ड्रेसडेनले पुरै टिमलाई दुई हप्ताका लागि आईसोलेसनमा पठाएको छ।
दुई जनामा कोरोनाको संक्रमण देखिएपछि शनिबार पुरै टिमका खेलाडी तथा स्टाफलाई दुई हप्ताका लागि आईसोलेनमा लगिएको हो।
बुन्डेशिलिगा र दोस्रो डिभिजनको लिग मे १६ बाट सुरु हुदैछ।
अबरुद्ध लिग सुरु हुनु हप्ता दिन अघि दोस्रो डिभिजनको क्लबका सबै खेलाडी तथा अफिसियल दुई हप्ताका लागि आईसोलेसनमा राखिएको छ।
कोरोनाका कारण युरोपको शीर्ष डिभिजनको क्लब फुटबल अबरुद्ध छ। तर कोरोनाको महामारीपछि सुरु हुन लागेको बुन्डेशलिगा युरोपको शीर्ष डिभिजनको लिग फुटबल हो।
‘हामी आगामी दुई हप्ता कुनै अभ्यास पनि गर्दैनौ। कुनै खेल पनि खेल्दैनौ।’ क्लबले भनेको छ।
बिहिबार मात्र जर्मन फुटल एसोसिएसनले अबरुद्ध सिजन कडा स्वास्थ्य निगरानीमा सुरु गरिने बताएको थियो।मैदानमा दर्शकलाई प्रतिबन्ध लगाउँदै आवश्यक खेलाडीको कोरोनाको परिक्षण गरिने उल्लेख गरिएको थियो।
खेलको दौरान स्टेडियममा खेलाडी, स्टाफ, अफिसियल गरि करिब ३ सय मानिस उपलब्ध हुने बताईएको छ।
बुन्डेशलिगा मार्च १३ बाट अनिश्चित समयका लागि स्थगित गरिएको थियो। क्लबहरु अप्रिलको मध्य समयबाट अभ्यासमा फर्किएका थिए।
तर शनिबार दोस्रो डिभिजनको क्लबले दुई जनामा कोरोनाको संक्रमण देखिएको भन्दै आफुले तालिका अनुसार खेल्न नसक्ने बताएको हो। एजेन्सी


























