बैशाख २७ । पूर्व कप्तान महेन्द्र सिंह धोनीको कप्तानीमा भारतले टेष्ट क्रिकेटमा धेरै पटक खराब प्रदर्शन गरेको छ।
सन् २०११ मा इंग्ल्यान्डले टेष्ट सिरिज क्लिन स्विप गरेपछि भारत सन् २०१४ मा भएको न्युजिल्याण्डसँगको सिरिजसम्म खराब लयमा गुज्रिएको थियो।
न्युजिल्याण्डले भारतविरुद्धको २ टेष्टमा क्लिन स्विप गरेको थियो। त्यस सिरिजमा न्युजिल्याण्डका ब्रेण्डन म्याकुलमको लागि करियरको उत्कृष्ट क्षण बन्यो। सिरिजमा उनले तेहोरो शतक बनाएका थिए।
खेलको दौरान म्याकुलम १४ रन बनाएर खेल्दै गर्दा मोहमद शामीको बलमा विराट कोहलीले क्याच छोडेका थिए।
सुरुवातमा खासै दुःख नलागेको शामीलाई जब म्याकुलमले शतक र दोहोरो शतक बनाएपछि भने रिस उठेको थियो।
तर, त्यस समय आफुले कप्तान धोनीको गाली खाएको शामीले खुलासा गरेका छन्।
लन्च अघिको इनिङसको दोस्रो अन्तिम बलमा अर्का खेलाडीको क्याच छुटेपछी शामी निरास भएका थिए र अन्तिम बल बाउन्सर फालेका थिए। धोनीको बल विकेट किपर धोनीको टाउको माथिबाट गएको थियो।
‘त्यहिँ इनिङ्सको लन्च अघि दोस्रो अन्तिम बलमा पुन: अर्का खेलाडीको समेत क्याच छुट्यो। म सारै निरास भएँ,’ शामीले भने, ‘रिसमा अर्को बल बाउन्सर फालेको धोनीको समेत टाउको माथिबाट बल गयो।’
ड्रेसिङ रूम जाने बेला धोनीले अन्तिम बल राम्रो नगर्नुको कारण शामीलाई सोधेका थिए। उनले हातबाट बल फर्किएको जवाफ फर्काएका थिए।
तर, धोनीलाई उनको जवाफ चित्त बुझेन्।
‘हेर बाबु, धेरै खेलाडी आए मेरो अगाडी। धेरै खेलाडी खेलेर गए ढाट्नु पर्दैन,’ धोनीले भनेको कुरा सम्झँदै शामीले भने, ‘बेवकूफ मलाई हैन अरुलाई बना। तेरो सिनियर हुँ कप्तान हुँ। यसरी बेवकूफ अरुलाई नै बनाउनु।’ एजेन्सी


























