काठमाडौं, बैशाख २७ । सरकारले कोरोना संक्रमणको परीक्षणका लागि ५० हजार किट रहेको बताएको छ। स्वास्थ्य मन्त्रालयको नियमित प्रेस व्रिफिङका क्रममा सरकारसँग ५० हजार किट रहेको उल्लेख गरिएको हो।
पर्याप्त किट रहेकाले अब परीक्षणको दायरा बढाउने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।
कोरोना संक्रमणको उच्च जोखिम रहेका क्षेत्रमा परीक्षण तिव्र बनाइने उनको दाबी छ। हालसम्म नेपालमा १०९ कोरोना संक्रमितको पुष्टी भइसकेको छ। यसमध्ये ३१ जना डिस्चार्ज भइसकेका छन्।
उचाररतको स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता देवकोटाले बताए।
Facebook Comments


























