बैशाख २७ । कोरोना भाईरसको महामारीकाबीच दक्षिण कोरियाको शीर्ष डिभिजनको के लिग वानको नयाँ सिजन सुरु भएको छ।
जेन्जु स्टेडियममा शुक्रबार भएको सिजनको पहिलो खेलमा जेनबक मोटर्सले जित निकालेको छ।
जेनबकले १० खेलाडीमा सिमित सुवन ब्लुविङ्सलाई १-० गोल अन्तरले हराएको हो। जेनबकको जितमा ली डोङ गुकले खेलको ८४ औं मिनेटमा निर्णायक गोल गरे।
त्यसअघि खेलको ७५ औं मिनेटमा टेरी एन्टोनिसले रातो कार्ड पाउँदा सुवन १० खेलाडीमा समेटिएको थियो।जितसँगै जेनबकले पहिलो खेलमा ३ अंक जोडेको छ। एजेन्सी
Facebook Comments


























