काठमाडौं, वैशाख २६ । सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित महिला निको भएर घर फर्किएकी छिन्। लगातार दुई पटकसम्म गरिएको रिपोर्ट नेगेटिभ आएपछि घनगढी ५ की ३४ वर्षीया महिला आज दिउँसो डिस्चार्ज भएकी हुन्।
दुबईबाट आएका उनको आफन्तमार्फत संक्रमित बनकी महिला चैत्र २२ गतेदेखि अस्पतालमा उचाररत थिइन्। उनी नेपालको पहिलो स्थानीय कोरोना संक्रमित हुन्।
बिहीबार र शुक्रबार गरिएके परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए।
उनीसँगै सुदूरपश्चिममा कोरोना जितेर घर फर्किनेको संख्या ५ पुगेको छ।
Facebook Comments


























