काठमाडौं, बैशाख २६ । संसद बैठकमा प्रतिपक्षी जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन्।
‘तपाईंले राजीनामा दिनुहोस्,’ उनले भने, ‘हामी ६० वर्ष कटेका मानिसहरुले लोभ नगरौँ, नयाँ पुस्तालाई अगाडि ल्याऔँ, देशले निकास पाउँछ, रजनीतिल निकास पाउँछ।’
उनले पछिल्लो समय महामारीको समयमा पनि प्रधानमन्त्री राजनीतिक कूमा लागेको भन्दै यसअघि विरोध गरेका थिए।
उनले विपी कोइराला, पुष्पलाललगायत महात्मा गान्धीहरुको पनि नाम रहेको तर उनीहरुले सत्तामा लामो समय रहन नचाहेको प्रसंग पनि निकाले।
उनले राष्ट्रिय मुद्दामा मेलमिलाप नीति बनाउनु पर्ने तर अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए पनि नेपाल कम्युनिस्ट पार्टीले नै पाँच वर्ष सत्ता सन्चालन गर्न सक्ने पनि बताए।
Facebook Comments


























