चितवन, बैशाख २७ । विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट ४० लाख १२ हजार ७ सय ७९ जना संक्रमित भएका छन्।
संक्रमितमध्ये १३ लाख ८५ हजार १ सय २४ जना उपचारपछि निको भएका छन्। अहिले २३ लाख २ हजार ७ सय १३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। उपचाररतमध्ये ४८ हजार ६ सय ९९ जनाको अवस्था गम्भीर छ।
विश्वका २१२ देशमा फैलिएको यो संक्रमणबाट ज्यान गुमाउनेको संख्या शनिबार बिहान ८ बजे सम्म २ लाख ७६ हजार २ सय १५ जना पुगेको छ।
Facebook Comments


























