काठमाडौं, बैशाख २६ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभाको मुख्य सचेतकमा अनिता देवकोटालाई नियुक्त गरेको छ। कांग्रेस संसदीय दल शुक्रबार देवकोटालाई मुख्य सचेतकमा नियुक्त गरेको हो।
यसअघि राष्ट्रियसभाको मुख्य सचेतक सरिता प्रसाईँ थिइन्। तर, गत माघमा उनको पदावधी सकिएपछि मुख्य सचेत रिक्त थियो। संसदीय दलका नेता शेरबहादुर देउवा निजि सचिव केशवराज जोशीका अनुसार शुक्रबार देवकोटालाई रिक्त मुख्य सचेतकतमा नियुक्त गरिएको हो। कांग्रेसले रिक्त राष्ट्रियसभा दलको नेतामा यसअघि राधेश्याम अधिकारीलाई नियुक्त गरेका थियो।
Facebook Comments


























