काठमाडौं, बैशाख २६ । आज संसदको बजेट अधिवेशन शुरु हुँदैछ। दिउँसो चार बजेका लागि बैठक बोलाइएको छ।
बैठकमा संसदीय दलका नेताहरुले अधिवेशन प्रारम्भको अवसरमा मन्तव्य राख्ने कार्यसूची रहेको छ।
सत्तारुढ दल नेकपाका संसदीय दलका नेता प्रधानमन्त्री केपी शर्मा ओली भए पनि उपनेता सुवास नेम्वाङले धारणा राख्नेछन्।
प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले प्रतिनिधि सभामा धारणा राख्ने छन्। प्रमुख प्रतिपक्षी दलका तर्फबाट कांग्रेस सभापति देउवाले धारणा राख्ने प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिए।
समाजवादी पार्टीका तर्फबाट उपेन्द्र यादव र राजपा नेपालका तर्फबाट महन्थ ठाकुरले धारणा राख्नेछन्।
Facebook Comments


























