चितवन, बैशाख २६ । सिद्धार्थ बैंक लिमिटेडले यूकेएड सक्षम एक्सेस टुफाइनान्सको साझेदारीमा दाङको घोराहीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रम साना तथा मझौला व्यापारीहरुलाई बैंकिङ्ग कर्जा सम्बन्धी जानकारी दिइएको थियो। व्यवसाय दर्ता, व्यापार योजना, वित्तीय व्यवस्थापन, कर्जा व्यास्थापन, व्यापार विस्तार, बैंकिङ्ग प्रणाली, कर आदिका महत्वपूर्ण जानकारी व्यापारीहरुलाई प्रदान गर्ने उद्देश्यले साक्षरता कार्यक्रम गरेको हो।
कार्यक्रममा त्यस क्षेत्रका ५० भन्दा बढी साना तथा मझौला व्यापारीहरु सहभागी भएका थिए। देशभरि सबै क्षेत्र र वर्गको साना तथा मझौला व्यापारीहरुलाई प्रोत्साहन, सचेतना र सशक्तिकरण गर्ने उद्देश्यले आगामी दिनहरुमा पनि बैंकले यस किसिमका वित्तिय साक्षरता कार्यक्रमहरु सञ्चालन गर्दै जाने बताएको छ।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पर्याउने उद्देश्यले बैंकले देशभर १८२ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखारहित बैंकिङ्ग सेवा, २०४ ATM र १,६०० भन्दा बढी POS मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ।


























