पर्सा, बैशाख २५ । बिहीबार विहान चट्याङका कारण रोल्पामा दुई जनाको मृत्यु भएको समाचार आएको केहीबेरमा नै पर्सामा पनि चट्याङ लागेर एक बालिकाको मृत्यु भएको समाचार आएको छ।
पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर २ की ६ वर्षीया उषाकुमारी साहको चट्याङका कारण निधन भएको हो।
बिहीबार बिहान हावाहुरीसहित मेघ गर्जेर पानी परेको समयमा उषा बेहोस भएकी थिइन्। उषाको शरीरमा कुनै चोटपटक नदेखिए पनि उनको मृत्यु चट्याङ लागेर भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ।
Facebook Comments


























