काठमाडौं, बैशाख २५ । कोरोना भाइरसको परिक्षणका लागि प्रयोग हुँदै आएको आरडिटी परिक्षण रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।
आरडिटी परिक्षण भरपर्दो नभएको र विश्वस्वास्थ्य संगठनले समेत अनुमति नदिएको अवस्थामा नेपालमा प्रयोग गर्नु उपयुक्त नहुने जिकिर गर्दै अधिवक्ताहरु ज्ञानेन्द्रराज आरण, सन्तोष भण्डारीलगायतले बुधबार रिट दर्ता गरेका हुन्।
रिटमा रोग परीक्षणको लागि विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार उच्च बायोसेफ्टिसहितको ९बिएसएल० स्तरको प्रयोगशाला चाहिने भए पनि नेपालमा नभएको उल्लेख गरिएको छ।
आरडिटीमार्फत परिक्षण गर्दा वास्तविक परिणाम नआने र समाजमा रोग लुकिरहेको हुन सक्ने निवेदकहरुको जिकिर छ। उनीहरुले पिसिआर प्रविधिबाट मात्र परीक्षण हुनुपर्ने हुनुपर्ने माग गरेका छन्।
उनीहरुले वास्तविक परिणाम नआउने तर समाजमा डर पैदा गरेकाले रोक्न माग गरेका हुन्। रिट निवेदनको पेशी आइतबारका लागि तोकिएको छ।


























