चितवन, बैशाख २५ । बुद्ध जयन्तीको अवसरमा राष्ट्रिय यूवा संघ नेपाल र अनेरास्ववियू जिल्ला कमिटि चितवनको संयुक्त आयोजनामा बिहीबार बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
रत्ननगर नगरपालिकाको कार्यलय परिसरमा भएको रक्तदान कार्यक्रममा ८९ पुरुष र ११ जना महिला सहित १ सय जनाले रक्तदान गरेको आयोजकले जानकारी दिएको छ।
देशमा विद्यमान चरम रगत अभावलाई केही हद सम्म भएपनि सहयोग हुने अपेक्षा लिई सो रक्तदान कार्यक्रमको आयोजना गरेको हो।
Facebook Comments


























