चितवन, बैशाख २२ । पहिरोका कारण अवरुद्ध मुग्लिन-नारायणगढ सडकखण्ड एकतर्फीरुपमा खुलेको छ।
उक्त सडकखण्डमा पर्ने जलवीरेमा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो। इच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा सोमबार पहिरो खसेपछि सवारी साधन केहीबेर रोकिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायक उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए।
कोइरालाका अनुसार पहिलो पन्छाउने काम अहिले पनि जारी रहेको र सडक एकतर्फी खुलेको छ। लकडाउनका बेला सडकमार्गमा चलेका एम्बुलेन्सलगायत अत्यावश्यक सवारी साधन केहीबेर रोकिएका थिए।
Facebook Comments


























