काठमाडौं, बैशाख २१ । वीरगञ्ज र नेपालगञ्जमा गरी आइतबार एकै दिन थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले १० जनामा आज एकै दिन कोरोना संक्रमण भएको पुष्टि भएको जानकारी गराएका हुन्। वीरगञ्जमा १ जना र नेपालगञ्जमा ९ जनामा कोरोना संक्रमण भएको उनले बताए।
आइतबार दिउँसो ४ बजेर १५ मिनेट जाँदासम्म २१ हजार ९ सय ५१ जना क्वारेन्टाइनमा र ७७ जना आइसोलेसनमा रहेको समेत उनले बताए। यसअघि नेपालमा ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ। यो सँगै नेपालमा काेराेना भाइरस संक्रमितकाे संख्या ६९ जना पुगेकाे छ।
Facebook Comments


























