कालिकोट, बैशाख २० । कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका ८ मुम्रामा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ। घटनामा अन्य ६ जना घाइते भएका छन। शुक्रबार राति परेको चट्याङ लागेर ५ वर्षीया रेखा दमाईको मृत्यु भएको प्रहरीले जनाएको छ।
असिना पानीसँगै परेको चट्याङ लागेर २३ वर्षीय धीरेन्द्र दमाई, ९ वर्षीय आयुष दमाई, ५ वर्षीय निखिल दमाई, १६ वर्षीय छत्र दमाई, २१ वर्षीया गिता दमाई र २१ वर्षकै हजुरा दमाई घाइते भएका छन्।
घाइतेको रास्कोट सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। ट्याङले घरमासमेत आगलागी भएको छ।
Facebook Comments


























