सुनसरी, बैशाख १९ । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन्। ईटहरी उपमहानगरपालिका ११ सिमरवना चोक बस्ने २ जनालाई प्रहरीले पक्राउ गरेको हो।
सोही उपमहानगरपालिकास्थित एकान्त बगैँचा घारीमा गत आइतबार राति ती किशोरीलाई ९ जनाले सामूहिकरूपमा जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न फरार रहेका अन्य व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
Facebook Comments


























