सिन्धुली, बैशाख १९ । सिन्धुलीमा चट्याङ लाग्दा एकजनाको मृत्यु भएको छ।
जिल्लाको हरिहरपुरगढी गाउँपालिका २ श्रीपुरमा बिहीबार दिउँसो चट्याङले लाग्दा स्थानीय रामबहादुर राईका ३१ वर्षीय छोरा पुरुषोत्तम राईको मृत्यु भएको हो।
हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष कार्साङ लामाका प्रमुख स्वकीय सचिव तथा स्थानीय भुवन राईका अनुसार मरिन नदीमा संचालन गरिएको पानी घट्टामा आफन्तलाई खाना पुर्याएर घर फर्किदै गरेका राईलाई खोलामै चट्याङ लागेको थियो।
चट्याङका कारण राईको घटनास्थलमै मृत्यु भएको स्वकीय सचिव राईले बताए।
Facebook Comments


























