बैशाख १८ । भारतको राजधानी नयाँदिल्लीमा विभिन्न सञ्चारमाध्यमहरुमा कार्यरत् तीनजना पत्रकारमा कोरोना परीक्षणको ‘रिपोर्ट पोजिटिभ’ आएको छ।
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालकाअनुसार ५२९ जना पत्रकारको नमुना परीक्षण गरिएकोमा तीनजनामा रिपोर्ट पोजिटिभ आएको हो। मुख्यमन्त्री केजरीवालले कोरोना संक्रमण भएका पत्रकारहरुलाई स्वास्थ्यलाभको कामनासमेत गरेका छन्।
यसअघि, मुम्बईमा १७१ जना पत्रकारहरुमा कोरोनाको परीक्षण गर्दा ५३ जनामा संक्रमण देखिएको थियो। संक्रमित हुनेमा विद्युतीय, छापालगायत विभिन्न सञ्चारमाध्यमहरुमा काम गर्ने पत्रकार, फोटोग्राफर र क्यामेरा पर्सन रहेका थिए।
चेन्नईमा तमिल समाचार च्यानलमा काम गर्ने २७ जनामा पनि कोरोनाभाइरसको संक्रमण भएको थियो भने गत मार्चमा मध्य प्रदेशको भोपालमा एक पत्रकार संक्रमित पाइएको थियो। एजेन्सी
Facebook Comments


























