काठमाडौं, बैशाख १८ । जनता समाजवादी पार्टी (जसपा) का सांसद डा. सुरेन्द्र यादवको ‘अपहरण’ प्रकरणमा राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दर्ता भएको छ।
बिहीबार ललितपुरस्थित आयोगको कार्यालय पुगेर जसपाका नेताहरुले उजुरी दर्ता गराएका हुन्। यसअघि प्रहरी र सरकारी वकिलको कार्यालयले उजुरी लिन अस्वीकार गरेका थिए।
सरकारी वकिलको कार्यालयमा आज पनि पुनः उजुरी दर्ताको प्रयास गरिने पार्टीका नेताहरुले जनाएका छन्। राष्ट्रिय मानव अधिकार आयोगबाट निस्केको टोली सरकारी वकिलको कार्यालय जान लागेको महासचिव केशव झाले जानकारी दिएका छन्।
सत्तारुढ नेकपाका सांसद महेश बस्नेत, किसान श्रेष्ठ र पूर्व आईजीपी सर्वेन्द्र खनालको टोलीले सांसद यादवको ‘अपहरण” गरेको आरोप छ।
Facebook Comments


























