काठमाडौं, बैशाख १८ । चीनले नेपाललाई थप दुई लाख थान डिस्पोजेबल मेडिकल मास्क र १० हजार थान केएन९५ मास्क उपलब्ध गराएको छ।
सो सहयोग चीनको हैनान प्रान्तको बुद्दिष्ट एशोसियसन, सेन्जेन सिटीको होङफा मन्दिर र लुम्बिनीस्थित चाइनिज मन्दिरको तर्फबाट संयुक्त रुपमा प्रदान गरिएको नेपालका लागि चिनियाँ राजदूत हाउ याङ्छीले बताएकी छन्।
ती सामग्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरिएको थियो।
यसअघि पनि चीनियाँ सरकार तथा चीनका बिभिन्न प्रान्त र संघसंस्थाबाट प्राप्त सहयोग स्वास्थ्य मन्त्रालयलाई प्रदान गरिएको थियो।
Facebook Comments

























