कालिकोट, बैशाख १८ । कालिकोटको पचलझरना गाउँपालिका १का वडाध्यक्षमाथि कुटपिट गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।
बुधबार उपोभोक्ता समितिको छलफलका क्रममा विवाद भएपछि वडाध्यक्ष रत्नलाल न्यौपानेमाथि कुटपिट भएको थियो। उनको टाउको र निधरमा चोट लागेको थियो भने तत्कालै उपचारका लागि कोहलपुर मेडिकल कजेल पठाइएको थियो।
‘उनलाई हामीले हिजो नै उपचार गराउन लग्यौं,’ डिएसपी श्याम ओलियाले भने ‘कुटपिट गर्ने पाँच जनालाई पक्राउ गरेका छौं।’
पक्राउ पर्नेमा सोही वडाका २१ वर्षीय उमेश, २० वर्षीय पारस, २० वर्षीय जनक, २५ वर्षीय तिलक र १९ वर्षीय कमल न्यौपाने रहेका छन्।
Facebook Comments

























