बैशाख १६ । इंग्लिस क्लब लिभरपुलको घरेलु रंगशाला एनफिल्डको विस्तार कार्य एक वर्ष ढिला हुने भएको छ। कोरोना भाईरसको महामारीको कारण लिभरपुलले रंगशालाको क्षमता विस्तारको कामलाई एक वर्ष स्थगित गर्ने तयारी गरेको छ।
लिभरपुलले यस वर्षको अन्त्यसँगै रंगशालामा थप ७ हजार सिट क्षमता बढाएर रंगशालाको समता ६१ हजार बनाउने तयारी गरेको थियो।
लिभरपुलले रंगशालाको विस्तार कार्य डिसेम्बरबाट सुरु गर्ने तयारी गरेको थियो। रंगशाला विस्तारका लागि क्लबले ६० मिलियन पाउण्ड छुट्टाएको थियो।
तर, कोरोनाको कारण क्लबमा पर्न गएको आर्थिक संकटसँगै अन्य कारणले रंगशाला विस्तार कार्य एक वर्ष पछि सार्ने भएको हो। एजेन्सी
Facebook Comments


























