बैशाख १६ । उत्तर कोरियाली सर्वोच्च नेता किम जङ उनको स्वास्थ्यबारे विश्वमा पछिल्ला केही दिन निकै धेरै अड्कलहरु गरिएका छन्। कतिपयले त किमको निधन भइसकेको पनि बताउन थालेका छन्।
यहीबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई किमबारे थाहा भएको तर यस विषयमा कसैलाई पनि नबताउने बताएका छन्।
उनले किम जीवित रहेको बताएका छन्। ‘मलाई किम र उनको स्वास्थ्यबारे राम्रोसँग थाहा छ,’ ट्रम्पले भनेका छन्, ‘तर म यसबारे अहिले कसैलाई पनि केही बताउँदिनँ। अहिले त उनी ठिक होउन् भन्ने कामना मात्र गर्छु।’ ह्वाइट हाउसमा भएको मिडिया बिफ्रिङमा उनले अब पत्रकारहरुलाई पनि छिट्टै उनको अवस्थाबारे जानकारी हुनेन बताएका छन्।
Facebook Comments


























