नयाँदिल्ली, बैशाख १५ । भारतमा दोस्रो चरणको लकडाउन यही मे ३ गते सकिँदैछ।
प्रधानमन्त्री नरेन्द्र मोदीले एक हप्ताअघि नै यसबारे मुख्यमन्त्रीहरुसँग छलफल गर्दैछन्। सोमबार बिहान मोदीले भिडिओ कलमार्फत लकडाउनलाई अब खुकुलो बनाउन मुख्यमन्त्रीहरुलाई भन्ने बुझिएको छ।
खसगरी कोरोना भाइरसको प्रभाव कम भएका राज्य र सहरमा लकडाउनलाई खुकुलो पार्न उनले सम्बन्धित मुख्यमन्त्रीलाई भन्नेछन्। सोमबार तय गरिएको मुख्यमन्त्रीहरुसँग चौथो ‘भिडिओ सन्फ्रेन्स’ हो। मार्च २२ मा उनले पहिलो पटक मुख्यमन्त्रीहरुसँग लकडाउन गराउनेबारे परामर्श गरेका थिए। त्यसपछि पहिलो पटक मार्च २४ देखि लकडाउन घोषणा गरेका हुन्।
भरतीय मिडियाका अनुसार मोदीले विशेष रेल सेवा तथा ढुवानी सेवालाई सञ्चालन गर्न अनुमति दिनेबारे मुख्यमन्त्रीहरुलाई भन्नेछन्। साथै घर फर्कन नपाएर अलपत्र परेका कामदारहरुका लागि पनि सवारी खुला गरिदिने उनले घोषणा गर्नेछन्।


























