काठमाडौं, बैशाख १४ । आइतबार अमेरिकी डलरको भाउ केही बढेको छ।
केन्द्रीय बैंकका अनुसार आइतबार एक अमेरिकी डलरको खरिददर १२२ रुपैयाँ ०३ पैसा र बिक्रीदर १२२ रुपैयाँ ६३ पैसा कायम भएको छ। शुक्रबार एक अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ४२ पैसा र बिक्रीदर १२२ रुपैयाँ ०२ पैसा थियो। विश्वका अन्य देशहरुको अर्थतन्त्र सुस्त भइरहेका छन्।
कोरोना संक्रमणले भारतीय मुद्रा पनि कमजोर भएको छ। भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि स्वतः कमजोर हुने गर्छ। किन भने भारुसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर छ। हामीकहाँ डलर भाउ महँगो हुनुमा यो पनि प्रमुख कारण हो।
यतिबेला अन्तर्राष्ट्रिय लगानीकर्ताहरु पनि डलर कारोबारमा बढी केन्द्रित भएका छन्। पेट्रोलियम पदार्थ र सेयर बजार तल झर्दा विदेशी लगानीकर्ता सुन र डलरमा बढी लागेका हुन्। नेपालमा डलरको भाउ बढ्दा लाभ र हानिको मिश्रित प्रभाव पर्ने अर्थविद्हरु बताउँछन्।


























