काठमाडौं, बैशाख १४ । आइतबार देखि मङ्गलबारसम्म नै देशका विभिन्न ठाउँमा मेघगर्जन, हुरीबतास र असिनासहित पानी पर्ने मौसमविद्ले बताएका छन्।
पूर्व नजिकै बनेको न्यून चापीय क्षेत्र, पश्चिमीसँगै स्थानीय वायु र बङ्गालको खाडी र अरब सागरबाट जलवाष्पयुक्त हावा नेपाल आइरहेकाले त्यसको प्रभाव देखिने भएको हो। जसका कारण आज, भोलि र पर्सि देशभरिकै मौसम सामान्य बदली भइ केही ठाउँमा मेघगर्जन, चट्याङ्ग, हावाहुरी र असिनासहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका हुन्।
यस्तै यो वर्षको मनसुनमा नेपालमा औसत वर्षा हुने पूर्वानुमान गरिएको छ। साउथ एसियन क्लाइमेट आउटलुक फोरम सास्कोफ १६ ले यो वर्षको मनसुनमा नेपालमा औसत वर्षा हुने पूर्वानुमान गरेको हो।
Facebook Comments


























