काठमाडौं, बैशाख १३ । नेपालमा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या ४९ पुगेको छ भने कोरोनाको उपचारपछि निको भई घर फर्कनेको संख्या १० पुगेको छ। नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएपनि निको हुनेको सख्या पनि बढी रहेको छ।
यस्तै वीरगञ्जमा उपचार गराइरहेका ४ जना कोरोना संक्रमित पनि निको भएको अस्पतालका डाक्टर उदय नारायण सिंहले जानकारी गराएका छन्। नारायणी अस्पताल वीरगञ्जमा उपचार गराइरहेका ३ भारतीय नागरिक र रौतहटका एक युवा कोरोनाबाट मुक्त भएका हुन्।
उनीहरु चैत ३० गते र बैशाख २ गते भर्ना भएका थिए। रौतहटका १९ वर्षीया युवा बैशाख २ गते भर्ना भएका थिए। उनीहरुको थ्रोड स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको र रिपोर्ट आएपछि डिस्चार्ज गरिने जनाइएको छ। उनीहरुको आइतवार डिस्चार्ज गर्न सकिने जनाइएको छ।
Facebook Comments


























