बैतडी, बैशाख १३ । चट्याङ लागेर बैतडीमा ३ जना घाइते भएका भएका छन्। घाइते हुनेमा डिलाशैनी गाउँपालिका ६ कुय्यादहका १८ वर्षीया हेमन्ती लुहार, १८ वर्षीया सुनिता लुहार र ४५ वर्षीया भुरी लुहार रहेका प्रहरीले जनाएको छ। प्रहरीका अनुसार चट्याङ लागेर उनीहरुको शरीर जलेको छ।
घाइते सबैको दार्चुलाको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये हेमन्तीको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ। शुक्रबार राति करिब ९ बजेतिर परेको चट्याङले कुय्यादहका अन्य १२ जनाको घरको विद्यतुको मिटरबक्स र विद्युतीय उपकरणमा क्षति पुगेको स्थानीय प्रकाश लुहारले बताए।
Facebook Comments


























