वीरगञ्ज, बैशाख १२ । उदयपुर जिल्लामा कोरोना भाइरसको जोखिम वढेपछि प्रदेश नं २ सँग जोडिएको सिरहा र सप्तरीको सीमानाका सिल गरिएको छ।
सो प्रदेशमा भारतीय सीमासँग जोडिएको आठ जिल्लाको लम्बाइ ४२८ किलोमिटर रहेको छ। सो क्षेत्रमा ३२९ चेक प्वाइन्ट स्थापना गरिएको छ। खुला सीमाका कारण भारतबाट लुकीछिपी नेपाल प्रवेश गर्ने क्रम बढेपछि प्रहरीले सीमानाकामा चेक प्वाइन्ट स्थापना गरी निगरानी बढाएको हो।
भारत फर्किन लागेका ४० भारतीयलाई पर्सा प्रहरीले वीरगञ्जबाट नियन्त्रणमा लिएको छ। प्रहरीले पर्साको अलौ, सिर्सिया र वीरगञ्ज भन्सार क्षेत्रबाट नियन्त्रणमा लिएको हो।
उनीहरुलाई यहाँस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टाइनमा राखिएको छ। अहिले त्यहाँ १२४ भारतीय नागरिक रहेको ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरले निःशुल्क खाने–बस्ने व्यवस्था मिलाइएको अध्यक्ष प्रकाश खेतानले बताए।
गत चैत १९ गतेदेखि सो केन्द्र र रुङ्गटा वेलफेयर सोसाइटीको सहकार्यमा खाने–बस्ने व्यवस्था मिलाइएको छ। रासस


























