सल्यान, बैशाख १२ । हात हतियार खरखजना मुद्दाका फरार प्रतिवादी कुमाख गाउँपालिका २ बस्ने ३८ वर्षीय भिमे रावतलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
ईलाका प्रहरी कार्यालय राँगेचौरबाट खटिएको प्रहरीले उनलाई कुमाख गाउँपालिका ४ भेरी नदीको किनारामा फेला पारी पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
Facebook Comments


























