तनहुँ, बैशाख १२ । भरुवा बन्दुक सहित एक जना पक्राउ परेका छन्।
घिरिङ गाउँपालिका ५ बस्ने ५५ वर्षीय लाल बहादुर गैरेलाई भरुवा बन्दुक १ थान सहित प्रहरीले पक्राउ गरेको हो। प्रहरी चौकी घिरिङबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
Facebook Comments


























