चितवन, बैशाख १२ । भरतपुर अस्पतालमा रहेका दुई कोरोना सङ्क्रमितमध्ये एक जनाको नतिजा नेगेटिभ आएको छ। उपचार गराइरहेका आमाछोरामध्ये छोराको नतिजा नेगेटिभ आएको अस्पतालका अध्यक्ष डा.भोजराज अधिकारीले जानकारी दिए।
पूर्वी चितवनको राप्ती नगरपालिका–८ का आमाछोरा बेलायतबाट हङकङ हुँदै नेपाल आएका थिए। विदेशबाट आएकाहरुको र्यपिड डायग्नोष्टिक टेष्टका क्रममा आमाको नतिजा शङ्कास्पद आएसँगै उनीसँगै आएका दुई छोरालाई समेत भरतपुर अस्पतालमा ल्याई स्वाब परीक्षण गरिएको थियो। स्वाब परीक्षणका क्रममा दुई जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको थियो। रासस
Facebook Comments

























