रौतहट, बैशाख १२ । बन्दाबन्दीका कारण दाना नहुँदा रौतहटको रौतहटकस्थित दुुईवटा पोखरीको लाखौ बराबरको माछा मर्न थालेका छन्।
मौलापुर नगरपालिका वडा ८ का किसान जयराम यादव र अजय यादवको माछा मर्न थालेको हो। उक्त पोखरीमा झण्डै १० लाख बराबरको माछा रहेको यादवद्वयको भनाइ छ।
यसैबीच बौधिमाई नगरपालिका वडा ७ बंकुुलचौकस्थित होटेल रजनी मिट हाउमा बुुधबार राति भएको आगलागीको क्षतिको विवरण सङ्कन भइरहेको छ। बोर्डर आउटपोष्ट बंकुलका सशस्त्र प्रहरी निरीक्षक दिपनरसिंह राईको कमाण्डमा गएको टोलीले र गाँउलेहरु मिलेर आगलागी नियन्त्रण गराएका थिए। रासस
Facebook Comments


























