काठमाडौं, बैशाख ११ । श्री एअरलाइन्सको जहाज औषधि लिन सिङ्गापुर उडेको छ। एक गैरसरकारी संस्थाले नेपाल सरकारलाई दिने र नेपाल सरकारले खरिद गरेको केही औषधि लिन जहाज बिहान ७ बजेर ५० मिनेटमा सिङ्गापुर उडेको हो।
सरकारले किनेको औषधिको भाडा नलिने श्री एअरका प्रबन्धक अनिल मानन्धरले जानकारी दिए। औषधिको परिमाण भने निकै थोरै छ। गैरसरकारी संस्था र सरकारले खरिद गरेको सहित जम्मा पाँच सय किलोको हाराहारीमा औषधि रहेको मानन्धरले जानकारी दिए।
जहाज आजै नेपाल फर्कने छ।
Facebook Comments


























