चितवन, बैशाख १० । चितवनमा आज पनि २२ जनाको नमुना संकलन भएको छ। कोरोना भाइरसको संक्रमणको आशंकामा कोरोना अस्पतालबाट २० वटा र चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजबाट एक÷एक वटा नमुना संकलन गरी परीक्षणको लागि हेटौँडास्थित प्रयोगशालामा पठाइएको भरतपुर अस्पतालका सूचना अधिरकारी लीलाधर पौडेलले जानकारी दिए।
चितवनमै हुँदै आएको परीक्षण कीट सकिएपछि हेटौँडा पठाउँदै आएको उनले बताए। चितवनमा संकलन भएको हिजोको ४४ वटा नमुनाको रिपोर्ट पनि आउन बाँकी छ। हिजो र आजको गरी ६६ वटा नमुनाको नतिजा आउन बाँकी रहेको अस्पतालले जनाएको छ।
Facebook Comments


























