बैशाख १० । पोर्चुगिज स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो आफ्नो पुस्ताकै महान खेलाडी मानिन्छन्। युभेन्ट्सका फरवार्ड रोनाल्डोले फुटबलमा थुप्रै कीर्तिमानहरु बनाएका छन्।
म्यानचेस्टर युनाइटेड र रियल मड्रिडबाट खेलिसकेका रोनाल्डोले क्लब फुटबलमा प्राय सबै उपाधि जितेका छन्। उनले राष्ट्रका लागि युरोकप र नेसन्स लिगको उपाधि जितेका छन्।
रोनाल्डोले हालै विश्व फुटबलका उत्कृष्ट खेलाडीहरु राखेर आफ्नो सर्वकालीन उत्कृष्ट-११ टिमको छनोट गरेका छन्।
रोनाल्डोले बनाएको आफ्नो ड्रिम टिममा बार्सिलोनाका फरवार्ड लियोनल मेस्सी भने अटाएका छैनन्। रोनाल्डोको उत्कृष्ट-११ मा म्यानचेस्टर युनाइटेड र रियल मड्रिडका खेलाडीको बाहुल्यता रहेको छ।
रोनाल्डोले गोलकिपरमा इकर कासिलासलाई राखेका छन्। डिफेन्डरमा सर्जियो रामोस, पेपे, रियो फर्नान्डिन्हो र मार्सेलो राखेका छन्। यस्तै मिडफिल्डरमा रोनाल्डोले इस्को, जाभी अलन्सो,रायन गिग्स र लुका मोड्रीचलाई राखेका छन्।
फरवार्डमा रोनाल्डोले वायन रुनी र करिम बेन्जिमा राखेका छन्। त्यस्तै टिमको सब्सिच्युडमा भान डेर सार, जोन ओ,शिया,अल्भारो अर्बेलाओ, राफायल भराने, पाउल स्कोल्स, सामी खेडिरा र गोन्जालो हिगुईन राखेका छन्। एजेन्सी


























