काठमाडौं, बैशाख १० । लेखक पिटर जे कार्थकको बुधबार निधन भएको छ। उनको उपचारका क्रममा बुधबार बिहान ५ः३० बजे ललितपुरको हरिसिद्धि अस्पतालमा निधन भएको हो।
उनको हृदयघातका कारण निधन भएको अस्पतालले जनाएको छ। उनी दुई सातादेखि उपचाररत थिए।
भारतको सिलोङमा जन्मिएका कार्थक ३० वर्षको उमेरमा काठमाडौं आएका थिए। कार्थकले नेपाली र अंग्रेजी दुवै भाषामा लेख्ने गरेका थिए। उनले लामो समय अंग्रेजी दैनिकहरु द काठमांडू पोष्ट र रिपब्लिकामा काम गरेका थिए।
उनको ‘प्रत्येक ठाउँ, प्रत्येक मान्छे’ उपन्यासले २०३४ को साझा पुरस्कार पाएको थियो।
उनकी पत्नी रञ्जना र जेठो छोरा जिमी काठमाडौंमा छन्। कान्छो छोरा रिकी अमेरिकामा छन्। उनको बिहीबार दाहसंस्कार गरिने जनाएको छ।
Facebook Comments


























