चितवन, बैशाख ९ । रेडिायो त्रिवेणीले आज नेपाल प्रेस युनियन चितवन शाखालाई नगर १५ हजार रूपैयाँ सहयोग गरेको छ। युनियनले स्थापना गरेको ‘पत्रकार राहत कोष’को लागि रेडियोका प्रबन्ध निर्देशक सुदिपसिंह अधिकारीले आज प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाललाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्।
लकडाउनका कारण समस्यामा परेका पत्रकारहरूलाई सहयोग गर्ने उद्देश्यले प्रेस युनियनले हिजो बुधबार तीन लाख रूपैयाँ बराबरको राहत कोष स्थापना गरेको हो। हाललाई आन्तरिक कोषबाट व्यवस्थापन गर्ने गरी स्थापना गरेकोले कोषको लागि सहयोगको अपिल गरेको थियो। सोही अनुसार आज रेडियो त्रिवेणीले सहयोग गरेको हो।
Facebook Comments

























