बैशाख ८ । भारतीय क्रिकेट टिमका पूर्व स्टार युवराज सिंह एक उत्कृष्ट अलराउण्डर हुन्। उनले टी-ट्वान्टी विश्वकपमा ६ बलमा ६ छक्का प्रहार गर्ने कीर्तिमान बनाएका छन्।
युवराजले सन् २००७ मा इंग्ल्याण्डविरुद्ध स्टुवार्ड ब्रोडको ओभरमा यो कीर्तिमान रचेका थिए। उक्त कीर्तिमान बनाउँदा इंग्ल्यान्डका अर्का खेलाडी एन्ड्रयु फ्लिनटफले भने युवराजलाई धम्की दिएका थिए।
युवराजले उक्त कीर्तिमान बनाएको १३ वर्षपछि एन्ड्रयुले आफुलाई धम्की दिएको रहस्य खुलाएका छन्।
सन् २००७ टी-ट्वान्टी विश्वकपको पहिलो प्रतियोगिता रहेको थियो । दक्षिण अफ्रिकामा भएको प्रतियोगितामा सायदै यस्तो कीर्तिमान बन्छ भनेर कसैले सोचेका थिएनन्।
१३ वर्ष वितिसक्दा समेत यो कीर्तिमान कुनै खेलाडीले तोड्न सकेका छैनन्। युवराजले भारतको आजतकसँगको अन्तर्वार्तामा उल्ट घटनाको खुलासा गरेका हुन्।
Facebook Comments


























